काठमाडौँ । नेपालमा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुगेको छ । जसमा ५ सय ८४ जना निको भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ९६ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।








