• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

कालापानी, लिपुलेक र लिम्पियाधुरावासीसँग भारतीय नागरिकता, कति छ जनसंख्या ?

  •   सोमबार, असोज २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दार्चुला । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालको राष्ट्रिय जनगणना २०७८ अन्तर्गत गणना हुने वा नहुने चर्चा र चासोको विषय बनेको छ ।

    हाल नेपाल सरकारले उक्त क्षेत्र नयाँ नक्सामा समेटेकाले नेपालको भूगोलमा बसोबास गर्ने नागरिकहरूको जनगणना गरिनुपर्ने विभिन्न निकायले सरकारसँग माग गरिरहेका छन् । राष्ट्रिय जनगणनाका लागि दार्चुला जिल्लामा घरपरिवारको लागत संकलन गरिएको छ । तर, कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका ती गाउँहरूको लगत संकलन गर्न नसकिएको जिल्ला जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए । भारतको अतिक्रमणका परेका गाउँहरूमा यथास्थितिमा सुपरिवेक्षक वा गणक गएर गणना गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

    सर्वाधिक चासो र चर्चामा रहेको उक्त क्षेत्रमा कति घरपरिवार र जनसंख्या छ भन्ने विषयमा सन् २०११ मागरिएको भारतीय जनगणनको रिर्पाेटको आधारमा उक्त क्षेत्रको जनसंख्यालगायतका विषयमा खोजेका छौ । भारतको राष्ट्रिय जनगणना सन् २०११ मा भएको थियो । सन् २०२१ मा फेरि अर्को जनगणनाको तयारी छ । नौ वर्षअघिको जनगणनाअनुसार अतिक्रमित क्षेत्रमा पर्ने कुटी गाउँमा एक सय १५ घरधुरी छन् भने जनसंख्या ३ सय ६३ छ । जसमध्ये पुरुष एक सय ९८ र महिला एक सय ६५ छन् ।

    ६ वर्षमुनिका बालबालिका २७, दलित ३१ र जनजाति (सौका समुदायका) दुई सय ९१ जना छन् । एक सय १५ घरधुरी रहेको कुटी गाउँको साक्षरता दर ८७ प्रतिशत रहेको पिथौरागढ जिल्ला प्रशासनकार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ । नाभीग्राम पञ्चायतअन्तर्गत महाकालीपूर्वको नाभीगाउँमा ३२ घरधुरी छन् । नाभीगाउँको जनसंख्या ७८ छ । सबैजना सौका समुदायका छन् । ४५ पुरुष र ३३ महिलातथा ६ वर्षमुनिका दुई बालबालिका छन् । साक्षरता प्रतिशत ८५ रहेको छ । गुञ्जीग्राम पञ्चायतमा पर्ने गुञ्जीगाउँमा एक सय ९४ घरधुरी छन् । दुई सय २९ पुरुष र एक सय ६ महिला गरी तीन सय ३५ जनसंख्या छ ।

    ६ वर्षमुनिका १९ बालबालिका र दलित समुदायका ११ नागरिक गुञ्जीमा बसोवास गर्दछन् । ८७ प्रतिशत साक्षरता छ । अतिक्रमित नेपाली भूमिका तीनवटै गाउँको जनसंख्या सात सय ७६ छ भने घरधुरी संख्या तीन सय ४१ छ । जनसंख्यामध्ये महिला तीन सय चार र पुरुष चार सय ७२ छन् । तीनवटै गाउँमा सौका समुदायको जनसंख्यामात्रै पाँच सय ६३ रहेको भारतको सरकारको अभिलेख छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा सबैले चिन्ने नाम हुन् । तर, यीगाउँका नाम नभएर पहाडी श्रृङखलाका नाम हुन् । यस क्षेत्रमा पर्ने तीनगाउँहरू कुटी, नाभी र गुञ्जी हुन् ।

    भारतको सैनिक नियन्त्रणमा रहेको उक्त क्षेत्रमा भारतीय नागरिकले समेत प्रशासनको लिखित अनुमति लिएर मात्रै प्रवेश पाउँछन् । यसकारण कुनै पनि नेपालीले त्यसक्षेत्रमा भ्रमण गर्ने र वस्तुस्थितिबारे जानकारी राख्ने विषय असम्भवप्रायः छ । नयाँ नक्सा जारी हुनुभन्दा पहिले त्यस क्षेत्रका सुरक्षाकर्मीको कामदारका रूपमा नेपालीहरू जाने गरेको भए पनि हाल नेपालीहरूको प्रवेशमा पूर्ण निषेध गरिएको छ । लिम्पियाधुरादेखि बगेर आउने महाकालीनदीको पूर्वीक्षेत्रमा पर्ने कुटी, नाभी र गुञ्जीगाउँका वासिन्दासँग अहिले भारतीय नागरिकता छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.