बुटबल । रूपन्देहीको मोतीपुरमा प्रहरीसँगको झडपमा मृत्यु भएका ब्यक्तिको परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरूप जनही एक÷एक लाख रूपैयाँ दिने निर्णय गरेको छ ।
बुटवल उपमहानगरपालिका–१७ मोतीपुरको औद्यौगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी र प्रहरीबीच झडप हुँदा हिजो ४ जनाको मृत्यु भएको थियो । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सर्वदलीय बैठकको निर्णय अनुसार मृतकको परिवारलाई १÷१ लाख रूपैयाँ दिने निर्णय भएको जानकारी दिनुभयो ।
घाइतेहरूको उपचारमा कमी आउन नदिने पनि निर्णय भएको शर्माले बताए । घटनामा प्रहरी र सर्वसाधारण गरी ५० भन्दा बढी घाइते भएका छन् ।








