चितवन। नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले तिहार पछि महाअधिवेशन हुने बताउनुभएको छ। आज भरतपुर बिमानश्थलमा पत्रकार सगँ कुराकानी गर्दै उहाँले विभिन्न कारणले रोकिएको काङ्ग्रेसको १४औ महाधिवेशन तिहार पछि हुने बताउनुभयो ।
उहाँले १३ जिल्लामा रहेको क्रियाशिल सदस्यको विवाद छिटै समाधान गरेर अधिवेशन हुने जानकारी दिनुभयो । अधिवेशनको क्रममा सभापतिको दौडमा रहेका डा. शेखर कोइराला , रामचन्द्र पौडेल , प्रकाशमान सिहं र आफू मध्ये अाफू निकै बलियो रहेको समेत जानकारी दिनुभयो ।
उहाँले अहिले गठवन्धनको नयाँ सरकारले पूर्णता पाएसगैँ बिकास निर्माणको कार्यहरुमा समेत तिव्रता दिने जानकारी दिनुभयो ।








