काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत चौथो खेलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । माल्दिभ्सको मालेमा जारी पहिलो हाफको खेलमा नेपालविरुद्ध बंगलादेशले अग्रता लिएको छ ।
बंगलादेशका सुमन रेजाले खेलको ९ मिनेटमा सुरुवाती गोल गरेका छन् । कप्तान जमल भुयानले दिएको फ्रिकिक पासमा सुमनले सिक्स यार्ड बक्सबाट हेडिङ गोल गरेका थिए । नेपालले खेलमा बंगलादेशविरुद्ध बल आफ्नो पोसेसनमा राखेपनि गोलको अवसर भने पाएको छैन।
फाइनल पुग्न नेपाललाई बराबर वा जित भए पुग्नेछ भने बंगलादेशलाई जितको विकल्प छैन ।








