हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ पशुपतिनगरमा धान काट्ने मेसिन पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । मृतकको पहिचान खुलेको छन ।
घाइतेहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्र ०२-०३-००१ त १०३ नम्बरको धान काट्ने मेसिन आफैं अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनापछि राजमार्गमा आवागमन प्रभावित भएकोमा अहिले सुचारु छ ।








