काठमाडौं । पहाडी भू-भागमा बिहीबार मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ ।
दिउँसो प्रदेश नम्बर १ , प्रदेश नम्बर २, बागगमती प्रदेश र बाँकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राती देशको प्रदेश नम्बर १ , प्रदेश नम्बर २ , बाग्मती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ र बाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाको भनाई छ ।








