• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

दसैंमा टीका लगाउँदा जप्ने मन्त्रको अर्थ के हो ? जानौं

  •   शुक्रबार, असोज २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । हाम्रा मान्यजनहरूले दसैं टीका लगाउँदै सँस्कृतको श्लोकमार्फत आशिर्वाद त दिन्छन् तर त्यो श्लोकले के भनेको होला भन्ने धेरैलाई थाहा नहुन सक्छ । त्यसमाथि पनि छोरा मान्छेलाई टीका लगाउँदा एकथरी र छोरी मान्छेलाई टिका लगाउँदा अर्कैथरी मन्त्र पढेने गरेको पनि पाउँछौं । यस्तो किन होला भनेर धेरैको मनमा प्रश्न उठ्न सक्छ ।

    हामी हाम्रो संस्कार र सँस्कृतीबारे जानकार भए पनि ती संस्कार र सँस्कृतीका कारणबारे अनविज्ञ भयौं भने पुस्तान्तरणमा समस्या देखिन सक्छ । अहिलेका नयाँ पुस्तालाई हरेक कुराको कारण चाहिन्छ । यदि हामीले ती कुराको पुष्टि गर्न सकेनौं भने नयाँ पुस्ताले स्वीकार्न गाह्रो मान्छ । हाम्रा बालबच्चामा हामीले मानेको संस्कार र सँस्कृतीको हस्तान्तरण गर्न पनि ती सबैको बारेमा पहिला आफैँ जानकार हुन आवश्यक छ । अब कुरा गरौं दसैंको टीका लगाउँदा भनीने मन्त्रको ।

    आयु द्रोण सुते श्रीयं दशरथे शत्रुक्षयं राघवे
    ऐश्वर्य नहुषे गतिश्च पवने मानं च दुर्योधने ।
    सौर्यं सान्तनवे वलं हलधरे सत्यंच कुन्तीसुत
    विज्ञानं विदुरे भवन्तु भवतां कीर्तीश्च नारायणे ।।

    यस विषयमा प्रष्ट हुन जरुरी छ की, यो श्लोक कुनै धार्मिक पुराण अन्तर्गतको होइन । यो श्लोक विशेषगरी नेपालमा मात्र प्रयोग हुन्छ । यो श्लोक नेपालका राजाहरूलाई टिका लगाउँदा प्रयोग भएको हुन सक्ने संस्कृत भाषाका ज्ञाताहरू बताउँछन् । किनकी यसमा रहेका सबै पात्रहरू राजपरिवार अन्तर्गतका छन् । त्यसैले यसलाई सुरुमा कुनै राजपुरोहीतले राजालाई आशीर्वाद दिन बनाएको हुनसक्छ ।

    यस मन्त्रमा गुरु द्रोणाचार्यको पुत्र अश्वत्थामाको जस्तै आयु होस् । दशरथ राजाको जतिकै सम्पत्ती होस् । शत्रुको नाश गर्न भगवान राम झैं पराक्रमी हुनु । नहुष राजाको जस्तै ऐश्वर्य होस् । हावाको जस्तै गती र दुर्योधनको जस्तैं मान–सम्मान मिलोस् । सूर्यपुत्र कर्ण जस्तैँ दानी हुनु । शक्तिमा बलराम जस्तै हुनु । सत्यमा कुन्तीको पुत्र युधिष्ठिर जस्तै हुनु । विद्धवानमा विदुर बराबर हुनु । भगवान नारायणको जस्तो कीर्ति होस् भनेर भनिएको छ । यो नै मन्त्रको सार हो ।

    यसमा उल्लेख गरिएका पात्रहरूको बारेमा जान्नको लागि भने अध्ययनको नै जरुरी हुन्छ । यदी कसैले श्रीमद्भागवत महापुराणका कथाहरू सुन्नु भएको छ भने त्यसमा यी सबै पत्रहरूको बारेमा उल्लेख गरिएको छ । यहाँ अश्वत्थामा, दशरथ, भगवान राम, नहुष, पवनदेव, दुर्योधन, कर्ण, भगवान कृष्णका दाई बलराम, युधिष्ठिर, विदूर र भगवान नारायणलाई उदाहरणीय पात्र बनाइएको छ ।
    अर्को मन्त्रः

    जयन्ती मंगलाकाली भद्रकाली कपालिनी
    दुर्गा क्षमा शिवधात्री स्वाहा स्वधा नमोस्तुते ।

    यसमा कुनै विशेष आशिर्वाद नभएर देवीको स्तुती गाईएको छ । यसमा देवीको विभिन्न स्वरुपको नाम लिइएको छ । यो श्लोक चण्डीबाट साभार भएको हो ।
    जयन्ती : जित्नेवाली
    मंगलाकाली : मंगल गर्नेवाली देवी
    भद्रकाली : दक्षप्रजापतीको यज्ञ विनास गर्न सतीदेवीको क्रोधबाट प्रकट भएकी देवी
    कपालिनी : भगवती दुर्गाको अर्को नाम
    दुर्गा : दुर्ग नाम गरेको राक्षसलाई मार्नेवाली देवी
    क्षमा  : पृथ्वी
    शिवधात्री : कल्याण गर्नेवाली
    स्वाहा : दक्षप्रजापतीकी छोरी
    स्वधा : दक्षप्रजापतीकी छोरी
    नमोस्तुते : त्यसती देवीलाई नमस्कार छ ।

    यो विशेष गरी महिलालाई टीका लगाउँदा उच्चारण गरिन्छ । तर हामीले बुझे झैँ दसैंमा महिलालाई टीका लगाउन यही मन्त्रको प्रयोग गर्नुपर्छ भन्ने धारणा चाहिँ गलत हो ।

    यस विषयमा कुनै पनि धार्मिक शास्त्र, नीति, पुराण तथा पौराणीक ग्रन्थहरूमा उल्लेख छैन । यो हामी आफँैले चलाएको चलन मात्र हो । नत्र माथि उल्लेख भएको आयु द्रोण सुते… श्लोकको रचना गर्नुभन्दा पहिले दसंैमा कसैले पनि आशिर्वाद नै पाउँदैन थिए त ? आशीर्वाद भनेको शुभेच्छा हो । भलो चिताउनु हो । सफलताको कामना गर्नु हो । त्यसैले आशीर्वादमा कहिले पनि विभेद भन्ने कुरा हुँदैन । आशिर्वादले महिला र पुरुष छुट्टाउँदैन ।

    दसैंमा टीका लगाउँदा महिला र पुरुषलाई फरक–फरक आशीर्वाद दिनुको कारण हाम्रो पुरातन धारणा मात्र हो यो कुनै शास्त्रसम्मत होइन ।

    यदी कसैलाई संस्कृत भाषाका श्लोक आउँदैन भने आशिर्वाद दिँदा के गर्ने त भन्ने पनि प्रश्न उठ्न सक्छ । आशीर्वाद मनैदेखि दिने हुँदा यसमा कुनै पनि भाषाप्रधान रहँदैन । संस्कृत भाषालाई सबैभन्दा पुरानो भाषा र देवताको प्रीय भाषा मानिएकाले संस्कृतका श्लोक प्रयोग गरिएको हो । श्लोक नआउनेले शुभ चिजहरूको कामना गर्दै टीका लगाउँदा हुन्छ ।

    विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीकाजमरा लगाई आशीर्वाद लिने गरिन्छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.