• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

चितवनमा १०५ वर्षीय बृद्ध दम्पतीले लगाइदिए दसैंको टिका

  •   शनिबार, असोज ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आज विजया दशमीको दोस्रो दिन । हिन्दु धर्मावलम्बीहरुले आज पनि दसैं हर्षोल्लासका साथ मनाइरहेका छन् । चितवनमा १०५ वर्षीय बृद्ध र ९८ वर्षीय बृद्धाले आफन्तहरुलाई टिका लगाइदिएका छन् ।  भरतपुर महानगरपालिका–१० हाकिमचोकका १०५ वर्षीय टिकाराम ढकाल र ९८ वर्षीय रेवती ढकालले आफ्ना परिवारका आफन्तहरुलाई दसैंको टिका लगाएर आर्शिवाद दिएका छन् ।

    उनीहरुका सात छोरा र एक छोरी छन् । उमेरले शताब्दी नाघेका बुबा र शताब्दी छुन लागेकी आमाको हातबाट दसैंको टिका लगाउन पाउँदा असाध्यै खुसी लागेको ठूलो कान्छा छोरा ईश्वरी ढकाल बताउँछन् । ज्येष्ठ नागरिकहरु भनेका अनुभवका खानी हुन् । दसैंको प्रमुख विशेषता भनेकै आफु भन्दा मान्यजनबाट टिका ग्रहण गर्ने र आर्शिवाद लिने हो ।

    ‘१०५ वर्षसम्म पनि उहाँको सेवा गर्दै उहाँहरुको काखमा बस्न पायौँ । रमाउन पायौँ । त्यो नै ठूलो कुरा हो’, ईश्वरी भन्छन्, ‘उहाँहरुलाई सेवा गर्दै गर्दा समाजले पनि धेरै प्रेरणा लिन पाएको छ भन्ने अनुभूति गरेको छु ।’ नेपालमा बृद्ध बाबुआमालाई तिरस्कार गर्ने प्रवृत्ति रहेको भन्दै उनले त्यस्ता व्यक्तिले आफ्नो परिवारबाट पाठ सिक्न सक्ने बताए । बृद्ध दम्पत्ती ईश्वरी ढकालसँग हाकिमचोकमा आफ्नै घरमा बस्दै आएका छन् । ईश्वरी भने माडी नगरपालिका–२ का वडाध्यक्ष हुन् । उनी कहिलेकाँही भरतपुर आउँछन् ।

    अन्य छोराहरु चितवनलगायत विभिन्न जिल्लामा बस्दै आएका छन् । टिकारामले मान्छेलाई देख्ने बित्तिकै चिन्न भने सक्दैनन् । ‘एकछिन घोरिएर हेरेपछि बल्ल चिन्नुहुन्छ । नाम नभनेपनि फलानोको छोरो वा छोरी भन्नुहुन्छ’, ईश्वरी भन्छन्, ‘बिहान ४ बजे उठेर नुहाई धुवाई आफै गर्नुहुन्छ । खाना पनि आफै खानुहुन्छ ।’ रेवती भने क्यान्सरबाट ग्रस्त भएकी छन् । उनले नियमित रुपमा क्यान्सरको औषधी खाने गर्छिन् । उमेरले डाँडो नाघेका बृद्धा बुबाआमाको हातबाट दशैँको टिका लगाउन पाउँदा साक्षत भगवानसँग आर्शिवाद लिएको अनुभव भएको नवराज ढकालले बताए ।

    नाताले ठूलो बुबा र ठूली आमा पर्ने बृद्ध दम्पतीबाट टिका लगाएका नवराजले भने–‘१०५ वर्षीय बुबा र ९८ वर्षीय आमाको हातबाट टिका ग्रहण गर्न पाउँदा स्वर्गीय सुखको अनुभुती भएको छ ।’ गत वर्ष कोरोनाका कारण उनले टिका लगाउन पाएनन् । ‘शताब्दी पुरुषसँग दशैँको टिका लगाएर आर्शिवाद लिन पाउने जो कोहीको नसिव हुँदैन’, उनी भन्छन्, ‘असाध्यै खुसी छु ।

    अझ धेरै वर्षसम्म संगै हुने चाहना छ ।’ नवराज देवघाट क्षेत्र विकास समितिको सञ्चालक समितिको सदस्य पनि हुन् । छोराछोरीको अवहेलनामा परेका बृद्धा बुबा आमाहरुलाई समितिले देवघाटमा आश्रय पनि दिइरहेको छ । त्रेता युगमा आजकै दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष महत्वका साथ मनाइन्छ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.