काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । जसमा ६७४ जना निको भई घर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज भएका हुन्। उनका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।








