काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी निर्देशनविपरित काम गरे कारबाही गर्ने चेतावनी दिएको छ । उक्त पार्टीको संघीय संसदीय दलको कार्यालयले प्रतिनिधिसभा सदस्य सरिता गिरीलाई संविधान संशोधनमा हालेको संशोधन तत्काल फिर्ता लिन निर्देशन दिएको हो । ‘संघीय संसदमा दर्ता भएको नेपालको संविधानको दोस्रो संशोधनमा तपाईंले संसदीय दलको निर्देशन बिना मिति ०७७ जेठ २८ गते संशोधन हालेको हुँदा उक्त संशोधन तुरुन्त फिर्ता लिनुहुन निर्देशन गरिन्छ,’ प्रमुख सचेतक उमाशंकर अरगरियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पार्टीको निर्देशन पालना नगरेमा गिरीलाई पार्टीले कारबाही गर्ने चेतावनी पनि प्रमुख सचेतक अरगरियाले स्पष्ट पारेका छन् ।









