• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई

  •   आइतबार, असोज ३१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली । सरकारले विसं २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना ग-यो । उक्त कार्यालयलाई तनहुँको मात्र नभई अन्य थप पाँच जिल्लाको जिम्मेवारी तोकियो तर कार्यालयमा भने दुईजना मात्रै कर्मचारी छन् । कार्यालयमा खाद्य अनुसन्धान अधिकृत एक र कार्यालय सहयोगी एकजना मात्रै कर्मचारी छन् ।

    प्राविधिक सहायकको दुई दरबन्दी रहे पनि उक्त दरबन्दी रिक्त छ । कर्मचारी अभावमा बजार अनुगमनमा कठिनाइ हुँदै आएको खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेलले जानकारी दिए । “कर्मचारी अभावले बजार अनुगमनमा असर पुगिरहेको छ,” उनले भने, “कर्मचारी पूर्तिका लागि सम्बन्धित निकायमा जानकारी गराएका छौँ ।” उक्त कार्यालय भाडामा भवन लिएर सञ्चालन हुँदै आएको छ ।

    एक वर्षमा ८८ खाद्य नमूना सङ्कलन
    कार्यालयले गत आर्थिक वर्ष ०७७/७८ मा ८८  खाद्य नमूनाको सङ्कलन गरेको छ । ५१ खाद्य उद्योगहरुको निरीक्षण गर्दा कार्यालयले १८ पटक संयुक्त बजार अनुगमन गरेको थियो । तीनपटक चार ठाउँमा होटल रेष्टुरेन्ट सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी तालिम प्रदान गरिएको छ भने तीन ठाउँमा होटल स्तरीकरण लोगो वितरणसम्बन्धी अभिमुखीकरण गरिएको कार्यालयले जनाएको छ ।

    यसैगरी चौध पटक गरी कूल एकवटा विभिन्न स्तरका होटल, रेष्टुरेन्ट, मिठाई पसल तथा भोजनालय निरीक्षण गरिएको प्रमुख पोखरेलले जानकारी दिए ।

    कार्यालयले विभिन्न खाद्य उद्योगको अनुज्ञापत्र नवीकरण जारी सम्बन्धमा निवेदन लिई, उद्योग निरीक्षण गरी आवश्यक कार्यका लागि भैरहवास्थित खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयमा पठाइएको जनाएको छ ।

    दुई उद्योगविरुद्ध मुद्दा, ३० ठाउँमा अनुगमन
    कार्यालय यो वर्षको ६ महिनाको अवधिमा ३० ठाउँमा बजार अनुगमन गरेको छ । कार्यालयले तनहुँ, लमजुङ, गोरखा र नवलपुरका विभिन्न ३० ठाउँमा अनुगमन गरेको हो ।

    अनुगमनका क्रममा कार्यालयले कैफियत देखिएका दुई उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ । खाद्य अनुसन्धान अधिकृत पोखरेलका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित कृष्ण पाउरोटी उद्योग र नवलपुरको गैडाकोटस्थित सरस्वती डेरी उद्योगविरुद्ध मुद्दा दर्ता गरिएको छ । त्यस्तै दशवटा मुद्दा अनुसन्धानका क्रममा रहेको पोखरेलले बताए ।

    कार्यालयका चाडपर्वका अलवा अन्य समयमा पनि नियमित रुपमा बजार अनुगमन गर्ने गरेको छ । अनुगमनका क्रममा कार्यालयले खाद्यान्नका केही नमूना पनि सङ्कलन गर्दै आएको छ । सङ्कलित नमूना परीक्षणका लागि भैरहवा पठाउने गरिएको छ । “खाद्य ऐन, २०३३ ले दिएको अधिकारअनुसार नियमित रुपमा कार्यक्षेत्रभित्रका जिल्लाहरुमा अनुगमन भइरहेको छ,” उनले भने ।

    कार्यालयले अनुगमनका साथसाथै खाद्य स्वच्छता र गुणस्तर अभिवृद्धिसम्बन्धी गोष्ठी, वडास्तरमा सचेतना कार्यक्रम गर्दै आएको छ भने होटलको वर्गीकरणको काम पनि गर्दै आएको छ । कार्यालयले उपभोग्य मिति समाप्त भएका वा हुन लागेका खाद्यपदार्थहरुको सञ्चयन तथा बिक्री वितरण नगर्न, बढी रङ्गीन, सडेगलेका, झिङ्गा भन्केका फोहर अवस्थामा राखिएका खाद्य पदार्थ प्रयोग नगर्न, सडक पेटीमा खुल्ला अवस्थामा राखी कुनै पनि खाद्य पदार्थ बिक्री वितरण नगर्न सम्बन्धित सबैलाई सचेतना जगाउँदै आएको छ ।

    पाँच उद्योगविरुद्ध मुद्दा
    कार्यालयले गत आर्थिक वर्षमा पाँच उद्योगविरुद्ध मुद्दा दर्ता गरेको थियो । त्यसमध्ये दुई उद्योगविरुद्ध अदालतले जरिवानाको फैसला सुनाएको छ । आयशा अरमान पाउरोटी उद्योग र प्रीति पाउरोटी उद्योगलाई जिल्ला प्रशासन कार्यालयबाट जनही रु दश हजारको दरले जरिवाना गरेको थियो ।

    माउन्टेन तनहुँ बेल तथा सामुदायिक फलफूल प्रशोधन उद्योगविरुद्ध तनहुँ जिल्ला अदालतमा, गुड टेष्ट सस प्रोडक्टविरुद्ध तनहुँ जिल्ला अदालतमा र दिपसन फुड प्रोडक्सनविरुद्ध जिल्ला प्रशासन कार्यालय गोरखामा मुद्दा दर्ता भएको छ । रासस

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.