काठमाडौं । मान्यजनबाट रातो टीका र जमरा लगाउने क्रम आज पनि देशैभर जारी छ। आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि शुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाको दिनसम्म जारी रहन्छ ।
यस वर्ष कात्तिक २ गते मंगललबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। त्यस दिनसम्म देवीको प्रसाद लगाउनु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।
कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादशैं सम्पन्न हुन्छ ।








