• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

अल्मुताइरी नेपाल फर्कन तयार

  •   बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा)सँग मुख्य प्रशिक्षकको सम्झौता सकिँनै लाग्दा ‘एएफसी प्रो लाईसेन्स’ प्राप्त प्रशिक्षक अब्दुल्लाह पुनः नेपाली राष्ट्रिय टिम हेर्न तयार भएका हुन् । यसअघि नेपाल साफ च्याम्पियनसिपको २८ बर्षे यात्रामा पहिलोपटक फाइनल पुग्दा प्रशिक्षक अब्दुल्लाहले नेपाली टोलीको प्रशिक्षक पदबाट राजिनामा दिएको घोषणा गरेका थिए ।

    यस्तै. उनले फाइनल खेल अन्तिम खेल हुने बताउँदै नेपाल समेत नजाने बताएका थिए । सोहीअनुसार नेपाल उपविजेता भएर स्वदेश फर्कदा अब्दुल्लाह नेपाल नआइ सिधै कतार गएका थिए । एन्फाका केन्द्रीय सदस्य तथा राष्ट्रिय टोलीका व्यवस्थापक (म्यानेजर) मधुसुदन उपाध्यायले प्रशिक्षक अब्दुल्लाह नेपाल आउन तयार रहेको जनतापाटीसँग बताए । ‘प्रशिक्षक पुनः नेपाल फर्कनु हुन्छ । म सँग भएको कुराकानीमा प्रशिक्षक (अब्दुल्लाह) ले नेपाल आउने सहमति जनाउनु भएको छ ।

    दोहाबाट छुटेपछि त्यस्तो केही नभए उहाँँ एक दुई सातामा नेपाल आउनुहुन्छ ।’ पछिल्लो समय नेपाली टोलीको व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका उपाध्यायले भने । उपाध्यायले पछिल्ला दिनमा प्रशिक्षकले नेपाल बस्ने निर्णय नलिए पनि आफ्ना बाँकी काम सक्काउन भए पनि नेपाल फर्कने बताए । ७७ साल चैतमा एन्फाले पहिलोपटक प्रशिक्षक अब्दुल्लाहलाई नेपालको प्रशिक्षकको जिम्मेवारी दिएको थियो । उनको सम्झौता ५ कात्तिकमा सकिदैछ ।

    यसअघि प्रो लाईसेन्स प्राप्त स्विडिस मुख्य प्रशिक्षक योहान कालिनले पारिवारिक समस्या देखाउँदै नेपाल नफर्कने बताएपछि नेपाली टोलीको कार्यकारी प्रशिक्षक जिम्मा बालगोपाल महर्जनले पाएका थिए । तर, उनीसँग फिफा विश्वकप छनोटका बाँकी खेल खेलाउन ‘एएफसी प्रो लाईसेन्स’ नभएपछि एन्फाले कतार फुटबल संघको सहयोगमा कुवेती नागरिक अब्दुल्लाहलाई मुख्य प्रशिक्षक नियुक्ति गरेको थियो । पछिल्लो समय मैदानमा सफलता पाउँदै गएका प्रशिक्षक अब्दुल्लाह वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसँगको लफडा र त्यसपछिका क्रियाकलापपछि लगातार नेपाल राष्ट्रिय टोलीसँग नरहने बताउँदै आएका थिए ।

    उनले हालसम्म तीनपटक सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीको प्रशिक्षकबाट राजिनामा दिने बताइसकेका छन् । यता, एन्फाको अध्यक्ष कर्मा छिरिङ शेर्पाले बुधबार (आज) नै सामाजिक सन्जालमा प्रशिक्षक अब्दुल्लाहसँग राष्ट्रिय फुटबल टिमलाई थप मजबुत बनाउन छलफल भएको बताएका छन् । कतारमा भएको भेटपछि सामाजिक सन्जालमा फोटो राख्दै शेर्पाले भनेका छन्, ‘नेपाली राष्ट्रिय फुटबल टिमलाई थप मजबुद बनाउने सम्बन्धमा आज हाम्रो छलफल भयो ।’

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.