काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा तोकिएको छ ।
जुन बुधबारको भन्दा तोलामा ३ सय रुपैयाँले बढी हो । तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ तोकिएको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।








