काठमाडौँ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहिबार प्रतितोला ८९ हजार ६ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार पनि उही मूल्यमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ८९ हजार १ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर ९ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








