काठमाडौँ । सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार शुक्रबारदेखि निजी सवारीमा जोर विजोर प्रणाली लागु हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज शुक्रबारदेखि काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लामा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने भएको हो । उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिनेछ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार शनिबारदेखि सञ्चालन हुने जोर विजोर प्रणालीमा निजी सवारी साधन मात्र चल्न पाउने छन् । ४ पाङ्गे सवारी साधनमा चालकसहित ३ जना मानिस मात्र र २ पाङ्गे सवारी साधन ९मोटरसाईकल, स्कुटर० मा चालक १ जना मात्र यात्रा गर्न पाउनेछन् । जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्नेछ । कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चल्न पाउने छैनन् ।








