चितवन । चितवनको माडी नगरपालिकाका थप ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला गरिएको परीक्षणमा माडीका थप ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । माडीका ८५ जनाको नमुना परीक्षण गरिएकामा ८ जनामा पोजेटिभ भेटिएको हो । भरतपुर अस्पतालमा शुक्रबार १ सय ९७ वटा स्वाब परीक्षण गरिएको थियो । जसमध्ये बीपी कोइरालामा क्यान्सर अस्पतालको ३, खैरहनी नगरपालिकाको ११, पुरानो मेडिकल कलेजको ८, चितवन मेडिकल कलेजको ५, देवघाट गाउँपालिकाको १५, राप्ती नगरपालिकाको १५ र भरतपुर अस्पतालको २९ स्वाब परीक्षण गर्दा संक्रमण भेटिएको छैन । चितवनको कोरोना अस्पतालबाट हालसम्म ८ जना निको भएर घर फर्किएका छन् ।









