काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म ८ सय ७७ जना कोरोना जितेर घर फर्किसकेका छन् । जसमा ७८६ जना पुरुष र ९१ जना महिला रहेका छन् । पछिल्लो समय १६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म ७२ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।








