काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
जुन शुक्रबारको भन्दा ४ सय रुपैयाँले बढी हो । तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।








