चितवन। सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा आमसञ्चार तथा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीहरुद्वारा सञ्चालित ‘सप्तगण्डकी आमसञ्चार क्लब’ को चौंथो अधिवेशन सम्पन्नत भएको छ ।
आज ( आइतबार ) क्याम्पसको सभाहलमा भएको कार्यक्रमले श्याम बिश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा अस्मिता घिमिरे ,उपाध्यक्षमा बिकास ढकाल , सचिवमा रवि रेग्मी ,कोषाध्यक्षमा कल्पना चालिसे र सहसचिवहरुमा पुजा ढकाल र सुस्मा गुरुङ मनोनित भएका छन् ।
क्लबको सल्लाहकार समितिमा पत्रकारिता विषय अध्यापन गराउने मधुसूदन दवाडी र दिपेन्द्र अधिकारी रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख मणिराज महतोले आमसञ्चार तथा पत्रकारिता शिक्षालाई अझ व्यवस्थित र स्तरीय बनाउन आफूहरु निरन्तर लागिरहेको बताए । उनले केही दिन अगाडि क्लबले क्याम्पसमा राखेको ६ मिटरको आधुनिक डिजिटल सूचना बोर्डलाई १२ मिटरको बनाउन क्लबलाई क्याम्पसले सहयोग गर्ने बताए ।
उनले नयाँ नेतृत्वले आमसञ्चार अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक क्षमता अभिवृद्धिमा थप सक्रिय भूमिका खेल्नुपर्ने बताए। त्यस्तै कार्यक्रममा अदब मिडिया हाउसले क्याम्पसमा आयोजना गरेको पत्रकारिता तालिमबाट केही रकम छुट्टयाएर किनिएको ३२ इन्चको टेलिभिजन सेट महासंघका पूर्वअध्यक्ष्य खतिवडाले क्याम्पस प्रमुख मणिराज महतोलाई हस्तान्तरण गरेका थिए ।
स्नातक प्रथम, द्वितीय वर्षलाई स्वागत र स्नातक तृतीय वर्षलाई बिदाइ गरिएको थियो । क्लबले प्रमुख अतिथि, अतिथिहरु र सल्लाहकारहरुलाई मायाको चिनो पनि प्रदान गरेको थियो । कार्यक्रम क्लबका निवर्तमान अध्यक्ष असल गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।








