• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

बाढीपहिरो पीडितका लागि थप राहतको व्यवस्था हुन्छः प्रधानमन्त्री

  •   आइतबार, कार्तिक ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    इलाम । प्रधानमन्त्री शेरबहादुर देउबाले बाढीपहिरो पीडितका लागि थप राहतको व्यवस्था गर्ने बताएका छन् । इलाम र पाँचथरको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकाको जलसिङ माविमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले चाँडै मन्त्रिपरिषदको बैठक राखेर राहतसम्बन्धी निर्णय लिने बताएका हुन् ।

    देउवाले सरकारले यसअघि नै मृतकको परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिसकेको स्मरण गर्दै सरकारले थप राहतको व्यवस्था गर्ने घोषणा गरेका हुन् । ‘पहिरोले घर बनाउने ठाउँ नहुनेलाई जग्गा जमिन दिएर भए पनि घर बनाइदिने र घर भत्किएकाहरूलाई घर बनाउन मद्दत गर्छौ’, उनले भने, ‘हामीले स्थलगत रूपमै अध्ययन गरेका छौ, भएको क्षति नोक्सानीको सरकारले मूल्यांकन गरेर क्याबिनेट बसेर निर्णय लिन्छौ ।’ प्रधानमन्त्री देउवाले बेमौसममा परेको पानीले मेचीदेखि महाकालीसम्म ठूलो क्षति पुर्‍याएको बताउँदै सरकार पीडितहरूको साथमा रहेको बताएका छन् ।

    पहिरो पीडितलाई सम्बोधन गर्दै उनले भने, ‘हामी तपाईहरूको साथमा छौ, त्यही भएर हामी आएका हौं ।’ प्रधानमन्त्री देउवाले बाढीपहिरोले प्रभावित क्षेत्रका नागरिकलाई एकै ठाउँमा बसोबास गर्ने व्यवस्था मिलाउने वा नयाँ सहर बनाउने विषयमा समेत सोचिरहेको बताएका छन् । ‘नेपाल गाउँको देश हो, नेपालबाट गाउँ हटाउँन सकिँदैन’, देउवाले भने,‘ धेरैलाई गाउँको माया छ गाउँ छाड्न सक्दैनन् । गाउँमा गर्न सकिने कुरा गाउँमै पुर्‍याउन सकिन्छ ।’ देउवाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुनेसमेत दाबी गरे ।

    कांग्रेस कार्यकर्तालाई छुट्टै सम्बोधन गरेका देउवाले भने ‘दुई चार दिन यताउता हुनु सामान्य कुरा हो, महाधिवेशन तोकिएकै मितिमा हुन्छ ।’ उनले सहमतिमै नेतृत्व चयनको प्रयत्न गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘भरसक सहमतिमै गर्नुहोस्, सहमति नभए प्रतिस्पर्धा हुन्छ । हार्नेले जित्नेलाई सघाउने हो ।’ बाढीपहिरो प्रभावित निरीक्षणका लागि ऊर्जा तथा जलश्रोतमन्त्री फम्फा भुसाल, सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत सहभागी थिए । बाढीपहिरोबाट पाँचथरमा ३० जनाको मृत्यु भएको थियो ।

    १४ जना घाइते भएका थिए । चारजना बेपत्ता छन् । इलाममा १४ जनाको मृत्यु भएको थियो । दुईजना घाइते भएका थिए भने दुईजना बेपत्ता छन् । बाढीपहिरोले पारेको क्षतिको विषयमा प्रधानमन्त्रीलाई इलाम र पाँचथरका प्रमुख जिल्ला अधिकारीले ब्रिफिङ गरेका थिए ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.