चितवन । धनुषा र सर्लाहीका प्रहरी प्रमुख फेरिएका छन। सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालय काजमा खटाइएको हो ।
सर्लाहीका एसपी राठौर सहितको सुरक्षाटोली तास खेलेको भिडियो सार्वजनिक भएको थियो भने केही दिन अघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका ईन्जिनियरलाई दुर्व्यवहारको विषयलाई लिएर रानाभाटको आलोचना भएको थियो।
राठौर फेरिएसँगै धनुषामा प्रहरी प्रमुखमा प्रधान कार्यालयबाट प्रहरी उपरीक्षक बसन्त रजौरे र सर्लाहीमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँलाई पठाइएको छ।








