• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

एपबाट अर्डर गरी घरमै बोलाएर डिएसएलआरबाट फोटो खिचाउन सकिने

  •   आइतबार, कार्तिक ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। डिएसएलआरबाट व्यवसायिक फोटो खिच्न धेरै शुल्क लाग्ने अनुमान गरिन्छ । अझ काठमाण्डौ वाहिर त फोटो खिच्न कति लाग्छ भन्ने सोध्न समेत अप्ठेरो लागेको हुन्छ धेरैमा । तर अव चितवनमा भने सहजै सेवा लिन सक्ने गरी नयाँ सेवा सुरु भएको छ । एन्ड्रोइड मोवाइल एपबाट अर्डर गरी घरमै बोलाएर डिएसएलआरबाट फोटो खिचाउन सकिने गरी सेवा सुरु भएको हो ।

    भरतपुरको चौविसकोठीमा कार्यालय रहेको डिएसएलआर सेवा नामक कम्पनीले उक्त सुविधा प्रदान गरेको संचालक सन्तोष कुँवरले जानकारी दिनुभयो । एन्ड्रोइड मोवाइल एपको माध्यमबाट व्यवसायिक फोटो खिच्ने सुविधा लिन सकिने उहाँको भनाई छ । त्यसका लागि एन्ड्रोइड मोवाइलको प्ले स्टोरमा गएर ‘डिएसएलआर सेवा अनलाईन’ नामक एप डाउनलोड गरी त्यहाँबाट लगइन गरी आफूले चाहेको मूल्य, समय,स्थान र क्यामेरा अर्डर गर्न सकिने उहाँको भनाई छ । सोही अनुसार विज्ञ ८ जना फोटोग्राफर मार्फत सेवा दिने कुँवरले जानकारी दिनुभयो ।

    अहिले चितवनभरी र विराटनगरमा यो सेवा उपलब्ध रहेको बताउँदै ८ जना फोटोग्राफरले ६० डीको क्यामेराले फोटो खिचिदिने र इटिड गरी उपलब्ध गराउने गरी सेवा सुरु गरेको उहाँले बताउनुभयो । भाई सन्देशको साथ पाएपछि उहाँले सेवा विस्तार गर्न सफल भएको बताउँदै कम्तिमा १० वटा फोटो खिच्ने गरी एपमा अर्डर गर्नुपर्ने र एउटा फोटोको रु. ३० रुपैया मात्रै लाग्ने उहाँले जानकारी दिनुभयो । नाराणी नदी किनारबाट डिएसएलआर मार्फत फोटो खिच्ने सेवा सुरु गरेको कम्पनीले फोटोग्राफी पेशालाई थप व्यवसायिक बनाउन एप मार्फत सेवा दिएर नयाँ प्रयोग गरिएको कुँवरले बताउनुभयो ।

    अहिले नाफा भन्दा फोटोग्राफी पेशलाई व्यवसायिक गराउन लागिपरेको बताउँदै कुँवरले फोटोसुट गर्दा चर्को मुल्य र फोटो खिच्न उत्सवनै चाहिन्छ भन्ने भ्रमलाई चिर्न पनि सफल हुने विश्वास व्यक्त गर्नुभयो । विवाह,व्रतवन्धमा भने फोटो खिच्न नजाने तर जन्मदिनको पार्टी लगायत पर्यटकीय क्षेत्रमा घुम्न जाने समूह,व्यक्ति लगायतलाई सेवा दिने उहाँको भनाई छ । चितवनको माडी,सौराहा, टाँडी,पर्सा लगायतका ठाउँमा सेवा दिने त्यस्तै विराटनगरमा पनि यो सेवा रहेको कुँवरले बताउनुभयो । पत्रकारिता अध्ययन गर्नुभएका सन्तोष र व्यवस्थापन विषय अध्ययन गर्नुभएका भाई सन्देशको उद्देश्य मिलेपछि फोटोग्राफीलाई व्यवसायक गराउन उहाँहरु लागिरहनुभएको छ ।

    उहाँहरुको मेहनतले अन्यलाई समेत व्यवसाय सुरु गर्न हौसला प्रदान गरेको र अहिले नारायणी नदी किनारमै २ दर्जन बढि व्यक्तिहरुले फोटो खिच्ने सेवा सुरु गरेको उहाँको भनाई थियो । तर त्यहाँ अव्यस्थित भएपछि सो ठाउँमा दिएको सेवा वन्द गरेर मोवाइल एपबाट अर्डर गरेर घरमे पुगी फोटो खिचिदिने सेवा सुरु गरेको उहाँकाले बताउनुभयो । कुनै समय नारायणी नदी किनार घुम्दा फोटो खिच्ने रहर हुँदा समेत सेवा नपाएपछि सोही तलतल मेटाउन सन्तोष र सन्देश डिएसएलआर सेवा दिन तयार हुनुभएको थियो ।

    रु. १लाखकको एउटा क्यामेराबाट सेवा दिन थाल्नुभएका उहाँले दिनको थोरैमा २५० मात्रै कमाई भएको थियो । तर पनि नआत्तिएर निरन्तरता दिँदा एकैदिनको १५ हजार सम्म आम्दानी भएको कुँवरले बताउनुभयो । अझ यसलाई व्यवसायिक गराउन आफूहरुले नयाँ प्रयोग ल्याएको बताउनुभयो । निर्देशक बन्न फिल्म डाइरेक्सनको २ महिने तालिम समेत लिनुभएको उहाँले एडभान्स फोटाग्राफीको डेढ महिना कोर्ष समेत गरेको जानकारी दिनुभयो। यो सेवालाई अव देशर पुर्याउने लक्ष्य सहित उहाँहरु यो पेशामा सक्रिय रहनुभएको छ ।

    २२ वर्षे सन्देश र २४ वर्षीय सन्तोषले सुरु गरेको यो सेवामा पहिलो पटक एप मार्फत बुकिङ गर्नेहरुलाई २५ प्रतिशत सम्म छुट रहेको छ । कम्तिमा १० वटा फोटो खिच्नुपर्ने र एउटा फोटो रु. ३० मात्रै शुल्क लाग्ने , सो भन्दा बढी खिच्न परे अतिरिक्त शुल्न नलाग्ने फोटोको संख्याका आधारमा मात्रै शुल्क लिने कुँवरले बताउनुभयो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.