चितवन । कोरोना कहर कम हुंँदै गएसागै अहिले आन्तरिक पर्यटकहरु नयांँ पर्यटकीय गन्तव्यको खोजीमा छन । चितवनमा पनि थुप्रै पर्यटकीय गन्तव्य हरु छन । तर सबै पर्यटकीय गन्तव्य चर्चामा छैनन । अधिकांश पर्यटकीय गन्तव्य सुनसान जस्तै छ । नयाँ र छिटो सरल तरिकाले पुग्ने ठाउँहरुको खोजी गरिरहदा चितवनको कालिका नगरपालिका वडानम्वर ८ गैरीवारीमा रहेको गैरीवारी झरना भने ओझेलमा परेको छ ।
झरनाको नजिकै सम्म मोटरसाइकल, अन्य सवारी साधनबाट सहजै पुग्न सकिने झरना भएपनि प्रचारप्रसारको अभाव भएको स्थानीयले गुनासो गरेका छन् । झरना नजिकैसम्म कालोपत्रे सडक भने पुगेको छ । सडकको केही भाग कालोपत्रे गर्नै वाँकी छ । तरपनि सवारी साधनबाट सजिलै पुग्न सकिन्छ । अन्य ठाउँमा ठूला ठूला झरना हुनाले नजिकै गएर नुहाउन रमाउन कठिन हुने देखिन्छ तर गैरीवारी झरनामा भने आफ्ना बालबालिका सँग मज्जाले रमाउन सकिन्छ ।
त्यसैले सवै परिवार गएर रमाउन सकिने उत्कृष्ट गन्तव्य गैरीवारी झरना भएपनि यसको विकास र प्रचारप्रचारमा भने अभाव देखिन्छ । नुहाउन सजिलै मिल्ने गरी व्यवस्था गरेपनि बाढीले झरनाको फेँद पुरिएर छोटो हुन गएको छ । पुरिएको ठाउँ खोतलेर अझै राम्रो झरना बनाउन सकिने भएपनि ध्यान पुगेको त्यहाँका स्थानीयले बताएका छन् । यसमा नगरपालिकाले प्रचारप्रसार सँगै पुरिएको ठाउँ हटाएर थप व्यवस्थित गराउन उनीहरुले आग्रह गरेका छन् । अहिले पनि दैनिक पर्यटकहरु त्यहाँ पुग्ने गर्दछन् ।
नजिकै खान वस्नका लागि रिर्सोटहरुको व्यवस्था पनि छ भने झरना पुग्न झोलुङ्गे पुल तरेर जाने र त्यहाँ सेल्फी लिनेहरुपनि त्यतिनै भेटिन्छन् । तर झरना नजिक शौचालयको व्यवस्था रहेपनि सरसफाइको पनि कमि देखिन्छ । तरपनि अहिले शक्तिखोरबाट सिधै माओवादी लडाकुको सहायक शिविर रहेको ठाउँ जाने सडक हुँदै त्यहाँ पुग्न सकिने छ ।








