चितवन । नेपाली काँग्रेस चितवनले यही कात्तिक १५ गते बृहत चियापान समारोह गर्ने भएको छ । काँग्रेस चितवनको आज सम्पन्न बैठकले चियापना सहित बिभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको सचिब उत्तम जोशीले जानकारी दिनुभयो ।
काँग्रेसले हरेक वर्ष गर्दै आएको चियापना यस वर्ष कात्तिक १५ गते उद्योग वार्णिज्य संघमा गर्न लागेको हो । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न गर्ने निर्णय भएको उहाँले बताउनुभयो । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा भएको बैठकले १४ औं महाधिबेशन अन्तर्गत सम्पन्न वडा अधिबेशन र पालिका अधिबेशनमा निर्वाचित पदाधिकारी, कार्यसमिति एवं क्षेत्रीय प्रतिनिधि लाई बधाई दिर्दै वडा सभापति, पालिका सभापतिहरु संग अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
निकट भविश्यमानै हुने स्थानिय तहको निर्वाचनमाका लागि छुटेका मतदाताको नाम मतदाता नामावलीमा समाबेश गर्न लगाउने, स्थानीय स्तरमा रहेका बिद्यालय, वन, सामुदायीक भवन तथा बिभिन्न संघ संस्थामा आफ्नो नेतृत्व एबं उपस्थिति वाक्लो वनाउन सबै तहलाई निर्देशन गरिएको जोशीले जानकारी दिनुभयो । वैठकले १४ औं महाधिबेशन भड्कीलो र पेचिलो नबनाउन समेत सबैलाई अनुरोध गरेको उहाँको भनाई थियो ।








