• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

व्यवसायीलाई समयमै कार्य सम्पन्न गर्न मेयर दाहालको निर्देशन

  •   मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठुला ठुला आयोजना निर्माणको ठेक्का लिएका व्यवसायीहरुलाई समयमै कार्य सम्पन्न गर्न आग्रह गरेकी छिन् । उनले ठूला ठूला आयोजनाहरू निर्माणको जिम्मा लिएर बिभिन्न बहाना बाजी गर्दै समयमै काम नगरेकोमा आपत्ति जनाउदै अब यस्तो कुनै पनि प्रकारका बहानाबाजी आफूहरूलाई मान्य नहुने बताएकी हुन् ।

    आईतबार भरतपुर महानगरपालिकाले महानगर भित्र संचालित सघन शहरी विकास तथा भवन कार्यालय, डिभिजन सडक कार्यालय तथा महानगरपालिका अन्तर्गत संचालित विकास सम्बन्धी दर्जन बढी आयोजनाहरूको प्रगति समिक्षा कार्यक्रममा बोल्दै यस्तो धारणा राखेकी हुन् । कार्यक्रममा प्रमुख दाहालले ३ बर्षको ठेक्का सम्झौता गर्ने कार्यालय र निर्माणको जिम्मा लिने निर्माण व्यवसायीको काम गराईले आफूहरुलाई हैरान बनाएको भन्दै यसरी अब नचलने उल्लेख गरिन् । कार्य प्रगति प्रति आक्रोस पोख्दै उनले भनिन्, ‘३ बर्ष ठेक्का सम्झौताको अवधी रहेका आयोजनाहरूको ४ बर्ष पुगिसक्दा पनि ५५, ६० प्रतिसत प्रगति नहुनु के हो <’ उनले बहानाबाजी गरेर काम नगर्ने छुट कसैलाई नभएको भन्दै सम्बन्धित कार्यालयका प्रमुख र निर्माण व्यवसायीहरुलाई कार्यतालिका बनाएर तत्काल काम सम्पन्न गर्न निर्देशन समेत गरिन् ।

    भरतपुर महानगरपालिकाले समयमै गुणस्तरिय काम सम्पन्न गर्नुस् भनेर हदै सम्मको सहजिकरण र समन्वय गरिरहेकै छ तर तपाइहरू कामै गर्नु हुन्न भन्दै प्रमुख दाहालले किन यस्तो भईरहेको छ भन्दै प्रश्न गरिन् । ‘तपाईहरूले अति नै गर्नुभयो अब यो छुट तपाईहरुलाई छदै छैन’,उनले भनिन्, ‘कहॉ के समस्या छन्, कसरी हल गर्न सकिन्छ, म हल गर्न तयार छु तर मलाई परिणाम चाहिन्छ ।’ कार्यक्रममा उपप्रमुख पार्बती शाह ठकुरीले हामी समयमै काम सम्पन्न होस्, नागरिकले त्यसको अनुभूती गर्न पाउन् भनेर हमेसा लागिरहेका छौ तर निर्माण ब्यवसायी मित्रहरू कानमा तेल हालेर बस्नुहुन्छ ।

    उनले भनिन्, कार्यालय प्रमुखहरू रमिते बन्नुहुन्छ यसरी कहाँ हुन्छ < कार्यकाल शुरु गर्दा नै शुरु भएका आयोजनाहरू सकिने बेला सम्म सम्पन्न हुदैन हामीले नगरवासीलाई के जवाफ दिने <’ उनले सबैलाई जन उत्तरदायी भएर काम गर्न सरोकारवाला निकायलाई आग्रह गरिन् । भरतपुर महानगरपालिकाले महानगरपालिका क्षेत्र भित्र संचालित आयोजना समिक्षा कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख जिल्ला अधिकारी आसमान तामाङले ठेक्का लिने र अनेक बहाना झिकेर काम नगर्ने निर्माण व्यवसायीहरुको बानी नफेरिएको भन्दै यो प्रबृत्ति सच्याउनुपर्नेमा जोड दिए ।

    निर्माण व्यवसायीहरू ठेक्का सम्झौता गरेर अनन्तः कालसम्म लम्ब्याई रहन ठेक्का नदिएको भन्दै उनले सम्झौता अवधिभित्रै गुणस्तरिय ढंगले काम सम्पन्न गर्नुपर्ने बताए । निर्माण व्यवसायीहरु राज्यका विकास साझेदार भएको भन्दै उनले ठेक्का अवधि भित्र कार्य सम्पन्न गर्नेहरू पुरस्कृत हुने र बहानबाजी गर्ने, गुणस्तरहिन काम गर्ने समयमै नगर्नेहरूलाई कारवाही हुने बताउदैं स्वेच्छाचारी नबन्न आग्रह गरे । उनले निर्माण व्यवसायीहरुलाई कारबाहीको दायरामा ल्याउन नपरोस् भन्ने आफ्नो चाहना रहेको भन्दै अति गर्नलाई अब छुट दिन नसकिने बताए ।

    उनले भने, निर्माण व्यवसायीहरुलाई समस्या भयो, काममा अवरोध भयो तत्काल खबर गर्नुस्, तपाईहरूलाई तत्कालै सहयोग र सहजिकरण हुन्छ तर अब कुनै पनि बहानाबाजीमा काम नगर्नेलाई छुट हुुँदैन् । उनले कार्यालय प्रमुखहरूलाई दैनिक कार्य तालिका मागेर काममा लगाउन र साप्ताहिक प्रगति समिक्षा लिन समेत निर्देशन दिए । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदी तोकियकै समयमा निर्माण कार्य सम्पन्न नगर्नु राज्यको स्रोत साधनको दुरूपयोग गर्नु हो भन्दै यस्तो दुरूपयोग गर्ने छुट कसैलाई नभएको बताए ।

    आयोजना संचालित वडाका अध्यक्षहरूले विकास योजनाहरु ढिला हुँदा जनताको आक्रोस र हैरानी सहनुपरेको भन्दै जवाफदेही भयर काम गर्न आग्रह गरे । महानगरमा संचालित योजनाहरु मध्ये सघन शहरी डिभिजन कार्यालय अन्तरगत संचालित रिंगरोड तथा लिंकरोड प्याकेज एक र व्याकेज दुई, सडक पहुच सहितको रानी पोखरी पार्क र लक्ष्मीनारायण मन्दिरको प्रगती न्यून छ भने भरतपुर केन्द्रिय बसपार्क को प्रगती न्यून रहेको छ । यता भरतपुर अस्पतालको बिरामी कुरुवाघर निर्माण सम्पन्न भई संचालनमा आईसकेको छ ।

    देवघाटमा निर्माणाधिन विद्युतिय शवदाह गृहको कार्य प्रगती पनि असाध्यै न्यून रहेको छ । भरतपुर सिटीहलको निर्माण कार्य तिब्र गतिका साथ अगाडी बढिरहेको छ । यस्तै, डिभिजन सडक कार्यालय अन्तरगत संचालित हाकिमचोक जगतपुर हुलाकी सडक र ऑपटारी जिल्ला कार्यालय सडकको प्रगति समिक्षा निकै खस्किएको छ । पुल्चोक गोन्द्राङ सडकको प्रगति भने सन्तोसजनक रहेको छ । कार्यक्रममा सघन शहरी विकास कार्यालयका प्रमुख प्रकास अर्याल, डिभजन सडक कार्यालयका प्रमुख बाबुराम सापकोटा, भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहाल लगायतका सरोकारवाला कार्यालयका प्रमुखहरुका साथै आयोजनाहरूका निर्माण व्यवसायीहरुको सहभागिता रहेको थियो ।

    सो अवसरमा कामका दौरान आईपर्ने समस्याहरू आपसी समन्वयमा तत्काल हल गर्न, निर्माणका लागि आवश्यक पर्ने नदीजन्य निर्माण सामाग्रीहरू सम्बन्धित निकायको समन्वयमा आपुर्ती सहज बनाउनुका साथै तोकिएको समय अवधि भित्र एक आपसमा समन्वय गरि निर्माण कार्य सम्पन्न गर्ने सामुहिक प्रतिबद्धता गरिएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.