काठमाडौं । देशभरको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले उल्लेखनीय मौसम प्रणाली छैन । अहिले देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।
बिहीबार दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै राति पनि देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ।
यसैबिच देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकोले उक्त क्षेत्रका वासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।








