चितवन । चितवनको रत्ननगरमा सवारी दुर्घटनाबाट तीन जना घाइते भएका छन् ।
जिल्लाको रत्ननगर नगरपालिका १० टिकौली जङ्गलमा शनिबार दिउँसो पौने तीन बजे भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको बा ३ ख १८६३ नम्बरको मिनिबसको ब्रेक फेल भई प्रदेश ०३ प २५९५ नम्बरको मोटरसाइकल र ग ११ क ४०९२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा तनहुँ व्यास ४ बस्ने स्कुटर चालक २३ वर्षीया सविना गरुङ्ग र स्कुटर पछाडी बस्ने २३ वर्षीया पुनम गुरुङ्ग सामान्य घाइते भएका छन् ।
भने, मोटरसाइकल चालक भरतपुर १२ का २४ वर्षीय शरद रेग्मीको दाहीने खट्टा फ्याक्चर भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्यबहादुर थापाले जानकारी दिए । घाइतेहरुको अलाइभ अस्पतालमा उपचार भइरहेको छ । भने, बस प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।








