• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना हुनुपर्ने माग

  •   आइतबार, कार्तिक १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना गर्ने मागसहित ११ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको प्रथम प्रादेशिक भेला आज सौराहामा सम्पन्न भएको छ । दुई दिने भेलापछि जारी गरिएको सौराहा घोषणापत्रमा प्रतिष्ठान चितवनमा स्थापना गर्न माग गरिएको हो ।

    घोषणापत्रमा नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना गर्ने सम्बन्धमा नेपाल पत्रकार महासङ्घ, केन्द्रीय समितिले निर्णय गरिसकेकाले त्यसको कार्यान्वयन गर्न जोडदार माग गर्दछ भनिएको छ । काभ्रे शाखाले निर्माण गर्दै गरेको महासङ्घको भवनमा आवासीय प्रशिक्षण केन्द्र स्थापना गर्न आवश्यक प्रबन्ध मिलाउन पनि सम्मेलनले सरकारसँग माग गरेको छ । महासङ्घको प्रदेश कार्यालय रहेको हेटौँडा उपमहानगरपालि–११ स्थित जग्गामा प्रादेशिक सञ्चारग्राम स्थापनाका लागि प्रक्रिया अघि बढाउन आग्रह गरिएको घोषणा पत्रमा उल्लेख छ ।

    यसैगरी प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित, क्षमता अभिवृद्धि तथा पेशागत सुरक्षाको आवश्यक प्रबन्ध गर्न सम्मेलनले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । कोभिड महामारीलगायत कारण देखाउँदै सञ्चारमाध्यमले पत्रकारलाई कामबाट हटाउने, पारिश्रमिक नदिने जस्ता गतिविधि गरेकोमा सम्मेलनको ध्यानाकर्षण भएको जनाइएको छ । श्रमजीवी पत्रकारलाई पेशाबाट विमुख गराउने कार्यको भत्र्सना गर्दै यस्ता कार्य तत्काल सच्याउन र दिन बाँकी पारिश्रमिक तत्काल उपलव्ध गराउन सम्मेलनले सम्बन्धित पक्षसँग माग गरेको छ ।

    कोभिड महामारीलगायतका समस्याले स्वरोजगारमूलक सञ्चारमाध्यम आर्थिक रुपमा धरासयी बनेको भन्दै केही सञ्चारमाध्यम बन्द भएका र कतिपय बन्द हुने अवस्थामा पुगेकाले सञ्चारमाध्यम टिकाउन आवश्यक आर्थिक प्याकेज ल्याउन सरकारसँग माग गरिएको घोषणा पत्रमा उल्लेख छ ।

    घोषणा पत्रमा भनिएको छ “स्वरोजगारमूलक सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापनको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गर्दछौं ।” वाग्मती प्रदेश सरकारले स्वतन्त्र प्रेसको संवैधानिक प्रावधानलाई आत्मसात नगरी सरकार आफैले सञ्चार गृह र सञ्चारमाध्यम सञ्चालन गर्ने गरी ल्याएको बजेट संशोधन गरी सञ्चारमाध्यम र सञ्चार संस्थाको प्रवद्र्धनमा खर्च गर्ने व्यवस्था गर्न सम्मेलनले प्रदेश सरकारसँग माग गरेको छ ।

    शनिबार वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्नुभएको सम्मेलनको आज आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण खनालले समापन गर्नुभएको हो । नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाका अनुसार प्रदेशका १० जिल्लाका महासङ्घका अध्यक्ष, सचिव र कोषाध्यक्ष सम्मेलनमा सहभागी भएका थिए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.