काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा मंगलबार दुई सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । हिजो साेमबार एक हजार २४५ रुपैयाँ कायम भएको थियो ।








