• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

उपत्यकामा थपिँदै पाँच सय बढी सीसीटिभी क्यामेरा, म्यानुअलबाट अटोमेटिक सिस्टम प्रयोग गर्दै प्रहरी

  •   शुक्रबार, कार्तिक १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्ष ५ सयभन्दा बढी सीसीटिभी क्यामेरा थपिने भएको छ । समाजमा हुने अपराध अनुसन्धानमा प्रभावकारी माध्यम मानिने सीसीटिभी क्यामेराको संख्या बढ्ने भएको हो । अहिले उपत्यकामा सार्वजनिक खपतका सीसीटिभी म्यानुअल सिस्टमका मात्रै छन् । अब भिडियो म्यानेजमेन्ट सिस्टमअन्तर्गत अटोमेटिक डिडेक्टिभ सिस्टममा जानेगरी जडान हुँदैछन् ।

    यसका लागि अप्टिकल फाइबर बिछ्याउने काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनी नेपाल म्याक्स मौलिक तरंग कम्पनीले जनाएको छ । म्याक्सले तीनवटा कम्पनीको जोइन्ट भेन्चरका रुपमा काम गरिरहेको छ । अप्टिकल फाइबर तार विछ्याउने काम सकिएपछि कम्पनीलेमात्रै उपत्यकाभरी मुख्य मुख्य रुटमा १६१ वटा क्यामेरा जडान गर्नेछ ।

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीले कम्पनीलाई साढे ६ करोड लगानीमा निर्माण गर्नेगरी ठेक्का दिएको छ । कम्पनीले एसियाकै दोस्रो उच्च गुणस्तर सीसीटिभीमा हुने दाबी गरेको छ । कम्पनीलाई ठेक्का असारसम्म भए पनि कोभिड महामारीका कारण निर्माण सामग्री आयात नभएपछि समय थपिएको छ । कम्पनीले चीन, हङकङ, सिंगापुरसहित चार देशबाट सामान आयात गरेको छ ।

    ४३ किलोमिटर फाइबर तार बिछ्याउने काम सकिएको कम्पनीले जनाएको छ । ‘८० प्रतिशत काम सकिएको छ । अब ढिलोमा ४० दिनमा जडान गरिसक्ने टार्गेट छ,’ कम्पनीले भनेको छ, ‘सामानको अभाव छैन । कामहरू धमाधम भइरहेको छ । भक्तपुर, महाराजगन्ज, बल्खु रूटबाट तार बिछ्याउने काम भइरहेको छ । हामीले सय केभीको सीसी टिभी जडान गर्छौं ।’

    उपत्यकामा कति छ सीसीटिभी?

    महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)का अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक प्रयोजनका लागि २६४५ वटा सरकारी सीसीटिभी जडान गरिएको छ । पाँच वर्षको एक अध्ययनअनुसार उपत्यकामा २३ हजार सीसीटिभी आवश्यक रहेको औँल्याएको बताउँछन् ।

    मेट्रोका डीआईजी उत्तमराज सुवेदी । तर बजेको अभाव, संगठनको प्राथमिकता, प्रतिकूल वातावरणका कारण आवश्यकताअनुसारको सीसीटिभी जडान हुन सकेन । अहिले भने प्रहरी प्रधान कार्यालयले नै उपत्यकामा सीसीटिभी जडानलाई प्राथमिकतामा राखेको बताउँछन् डीआईजी सुवेदी । उनी प्रविधिको प्रयोगले, कम्युटर सिस्टममा जाँदा अनुसन्धानको दायरा बढ्ने धारणा राख्छन् । ‘समय बचत हुने भयो । कुनै पनि घटना मिस नहुने भयो । अनुसन्धान प्रभावकारी हुने भयो,’ उनी भन्छन् ।

    झण्डै चार सय क्यामेरा प्रक्रियामा

    महानगरीय प्रहरी कार्यालय सिसीटिभी शाखाका एसपी कृष्णबहादुर धिताल मेट्रोले आफै पनि सीसीटिभी जडान प्रक्रिया अघि बढाएको बताउँछन् । भिडियो म्यानेजमेन्ट सिस्टमका लागि अप्टिकल फाइबर विछ्याउनुपर्ने भन्दै धितालले यो काम सकिएपछि जडानमा समय नलाग्ने बताए ।

    उनकाअनुसार मेट्रोले भीआइपी एरिया लक्षित गरी काठमाडौंमा १४५, ललितपुरमा १३५ र भक्तपुरमा १०० को हाराहारीमा सीसीटिभी जडान प्रक्रियामा लगेको छ । यसका लागि ९ करोड हाराहारीमा बजेट छुट्याइएको छ । उपत्यकामा भदौमा मात्रै ५८ क्यामेरा जडान भएको उनले जानकारी दिए । ‘अब जडान हुने सीसीटिभी क्यामेराले अटोमेटिक सिस्टमबाट डिड्क्टिभ गर्छ । शंकास्पद गतिविधि भएमा अटोमेटिक नोटिस गर्छ,’ एसपी धितालले भने, ‘भिडियो फिल्टर गर्ने, भिडियो सिनोफ्सिस, लामो भिडियोलाई समराइज गर्न सहज हुन्छ ।’

    यसले गर्दा सडकमा लेन मिच्ने, ट्राफिक लाइट मिच्नेलाई अन द स्पट नोटिस गरेर कारवाही गर्न सकिने उनले बताए । एक/डेढ महिनाभित्र माथि उल्लेखित संख्यामा सीसीटिभी जडान भइसक्ने सीसीटिभी शाखा प्रमुख एसपी धिताल बताउँछन् ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.