हेटौँडा । लकडाउनका कारण बन्द रहेको सरकारी कार्यालय सोमवारबाट दुई सिफ्टमा खोल्ने सरकारले निर्णय गरेको छ । यसै अनुरुप सोमवारबाट मकवानपुर सहित देशभरका सबै सरकारी कार्यालय खुलेका छन । सरकारी कार्यालय खुलेसंगै बागमतीे प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था कार्यालय हेटौँडाले सरकारको निर्णय अनुसार असार १ गतेबाट कार्यालय संचालनमा गर्ने उल्लेख भएकोमा सवारी चालक अनुमतीपत्रको दस्तुर, सवारी कर,अन्य दस्तुर तथा जरिवाना असुल सम्बन्धमा स्पष्ट निर्देशन प्राप्त नभएकोले हाललाई सवारी चालक अनुमती वितरण बाहेक अन्य कार्य नहुने जनाएको छ । यातायात व्यवस्था कार्यालय हेटौँडाले आइतबार एक विज्ञप्ती निकालेर यसो जनाएको छ ।









