उदयपुर । उदयपु सदरमुकाम गाईघाटमा सवारी दुर्घटनामा एक बृद्धको ज्यान गएको छ । त्रियुगा नगरपालिका( ११ गाईघाट बजारस्थित मेन चोकमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा त्रियुगा नगरपालिका-११ शान्तिनगर टोलका ८५ वर्षीय पुरोहित कुलप्रसाद भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
घाइते भण्डारीको न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा ज्यान गएको हो । को-१९ प ९६४६ नम्बरको मोटरसाइकल र स-१ ह१६२० नम्बरको अटो ठोक्किएका थिए । मोटरसाइकल पछाडि सवार भण्डारीको ज्यान गएको हो । अटो चालक चौदण्डीगढी नगरपालिका-७ का नरबहादुर कार्कीले चलाएको थियो ।








