काठमाडौं । नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन । मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। तर, पछिल्लो २४ घन्टामा पानी पर्ने प्रणालीको विकास नभएको महाशाखाले जानकारी दिएको छ ।








