काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत भएको बताएका छन् ।
उपाध्यक्ष रावलले मंगलबार सामाजिक सञ्जालमार्फत आज बस्ने भनिएको प्रदेश कमिटीको बैठक गुटबन्दीको नमूना भएको र त्यस बैठकका निर्णयहरू अवैध र अमान्य हुने बताएका हुन् । उनले सुदूरपश्चिमको भूमि बाह्य अतिक्रमणमा परेकाले अपानि १२ लागू नभएको हो कि भन्दै आक्रोशसमेत पोखेका छन्। ‘आज हुने भनिएको कथित सु।प। प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरित छ।
यो गुटबन्दीको नमुना हो। यो बैठक र यसका निर्णयहरु अवैध र अमान्य छन्। अपानि १२ झापामा लागू हुने, सु।प।मा लागू नहुने किनरु यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो किरु’ रावलले ट्वीटरमा भनेका छन्।








