चितवन । कोरोना भाईरसको संक्रमणका कारण देश ग्रस्त वनिरहेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर १५ मा रहेको क्वारेन्टिनमा युवाहरुले खाध्यन्न सहयोग गरेका छन् । सो वडाका स्थायी बासिन्दा भई हाल यूएईमा वस्ने चिजु गुरुङको पहलमा क्वारेन्टिनमा रहेका संक्रमितहरुलाई लक्षित गर्दै खाध्यन्न सहयोग गरेका हुन । दुवईमा रहेका बिरेन्द्र मल्ल, युवक गुरुङ, बिजन गुरुङ, सुरन श्रेष्ठ, प्रबिण घले र पुकार गुरुङको सहयोगमा क्वारेन्टिनका लागि आबश्यक खाध्यन्न रु २० हजार वराबरको सामान हस्तान्तरण गरिएको हो । सामानको आज समाजसेबी बिजयराज शर्मा भुषाल, राजनीतिक दलका प्रतिनिधिहरु आकाश थापा, धर्मराज आचार्य, तोयनाथ अधिकारी र कल्याणपुर प्रहरी बिटका ईन्चार्ज प्रहरी हवल्दार आसबहादुर गुरुङको समेत उपस्थितिमा स्थानीय समाजसेवी किशोर गुरुङले हस्तान्तरण गर्नुभयो। सो अवसरमा वडाका प्रतिनिधि बिरबहादुर लामा, कोरोना बिपद ब्यवस्थापन समितिका सल्लाहकार बिजयराज शर्मा भुषाल लगायत राजनीतिक दलका प्रतिनिधिहरुले खाद्यान्न सहयोग गर्नुहुने चिजु गुरुङ लगायतका युवाहरुलाई भरतपुर वडा न।१५ को तर्फबाट हार्दिक धन्यबाद सहित आभार व्यक्त गर्नुभएको थियो साथै कोरोना क्वारेन्टाइनलाई थप ब्यवस्थित, सुरक्षीत सहित आवस्यक खाद्यान्न र सामाग्रीको अभाव हुन नदिई सञ्चालग गर्न सबै सग सहयोगको अपिल समेत गर्नुभएको थियो। हाल वडा .१५ ले बिश्वप्रकाश माबिमा भारत लगायत तेश्रो मुलुकबाट आएका र राष्ट्रिय आधारभूत बिध्यालय मंगलपुरमा नेपाल भित्रका विभिन्न ठाउहरुबाट आएका ब्यक्तिहरुलाई राख्ने गरि २ ठाउँमा क्वारेन्टाइनको ब्यवस्था गरिएको र वडा न. १५ मा हालसम्मका कोरोना परिक्षण सबै नेगेटिभ आएको वडा सदस्य श्री बिरबहादुर लामाले जानकारी दिनुभयो। उक्त अवसरमा सहयोग जुटाउन विशेष पहल गर्नुहुने स्थानीय समाजसेवी एवं समन्वयकर्ता श्री किशोर गुरुङले आफ्नो मन्तब्यको क्रममा बिगतमा पनि विभिन्न समाजिक संघ संस्थाहरुलाई सहयोग गरिएको र आगामी दिनमा समेत यसप्रकारका सहयोगहरुलाई निरंतरता दिदैजाने जानकारी गराउनुभएको थियो।








