चितवन । नेपालीहरुको महान चाड तिहारको समापनसँगै चितवनको नारायणगढमा छठ पर्वको तयारी सुरु भएको छ । खासगरी तराईवासीहरुले मनाउने मुख्य चाड छठको तयारी नारायणी नदी किनारमा भव्य रुपमा भइरहेको छ ।
केही दिन अघिदेखि नै घाट निर्माण सुरु गरेर बनाउन थालिएको हो । अहिलेसम्म इट्टाबाट २१ वटा घाट बनाइएको र करिव ३० वटा सम्म निर्माण गर्ने तयारी रहेको छ । बुधबार दिउँसोदेखि भक्तालुहरुको भीड लाग्ने पूजा व्यवस्थापन समितिले जानकारी दिएको छ ।
कोरोनाका कारण केही वर्ष छठ मनाउन नपाएका उनीहरुले व्यस्थित टेण्ट टाँगेर सहजै पूजा गर्न मिल्ने गरी व्यवस्था मिलाइएको छठ पूजा व्यवस्थापन समितिका संयोजक कृष्ण रौनीयारले जानकारी दिए ।








