हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मंगलबार बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएको छ । कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मूख्यमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् । कोरोना संक्रणमणको जोखिम रोक्ने कार्यमा भईरहेको वेवास्ता र भ्रष्टाचार, दैनिक गुजारा चलाउन व्यवस्थित ढंगले राहत उपलव्ध गराउनुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, अर्थतन्त्र उकास्ने काममा तदारुकता दिनुपर्ने लगायतका विषयमा मूख्यमन्त्री पौडेलमार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो । कांग्रेस बागमती प्रदेश संसदीय दलले देश र प्रदेशका समस्या र सरकारले गर्नुपर्ने कार्य समेटेरे १४ बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै मूख्यमन्त्री पौडेलले केन्द्रका विषयमा ज्ञापनपत्र पठाईदिने र सुझाव दिने बताए । उनले प्रदेशको विषयमा कांग्रेसले दिएको सुझावका आधारमा अघि बढ्ने बताउँदै सरकार संचालनको यो अवधीमा साझा ढंगबाट बढेकाले कोरोना विरुद्धको अभियानमा समेत संगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा दलका उपनेता कृष्णलाल भडेल, प्रमुख सचेतक राधा घले, सचेतक छिरिङ दोर्जे लामा, सचिव निमा लामा, प्रवक्ता प्रभात लामा, लेखा समिति सभापति न्हुक्षेनारायण श्रेष्ठ लगायत प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको थियो ।








