काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता खगराज अधिकारीले आफ्नो दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लबमा बुधबार आयोजित साक्षात्कारमा उनले भने, ‘एमालेले उहाँको राजीनामा पनि मागेको छैन, महाभियोगको प्रस्ताव पनि ल्याउँदैन ।’
नेता अधिकारीले न्यायाधीशले राजनीति गर्ने, कुनै दलको भाका र भाषा बोल्ने काम गर्न नहुनेमा पनि जोड दिए । ‘न्यायालय पूर्वाग्रही हुनुहुँदैन् । संविधानमा आधारित भएर चल्नुपर्छ । तर, यहाँ त परमादेश दिँदा नै सेटिङ भयो,’ उनले भने ।








