चितवन । बिहीबार माडीबाट भरतपुरतर्फ आउँदै गरेको यात्रुबाहक बसबाट एक्कासी धुवाँ निस्कियो । बसबाट एक्कासी धुँवा निस्किएपछि आगलागी भएको हल्लाखल्ला चल्यो ।
यात्रु केही बेर आत्तिए । बसबाट धुवाँ निस्किए पनि हल्लाखल्ला भए जस्तो आगलागी भने नभएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख, प्रहरी निरीक्षक झलक शर्माले बताए । माडीबाट भरतपुरका लागि छुटेको ना ५ ख १०६६ नम्बरको बसको इन्जिनमा केही समस्या भएका कारण धुँवा निस्किएको उनले बताए ।
आज दिउँसो चितवन राष्ट्रिय निकुञ्ज भित्र एक्कासी बसमा धुँवा निस्किएको हो । “बसमा आगलागी भएको चाँही होइन, उनले भने, इन्जिनमा केही समस्या देखिएकोले धुँवा निस्किएको मात्र हो ।” बसमा सामान्य क्षेती भएको उनले बताए । कुनै मानविय क्षेती भने भएको छैन ।








