काठमाडौं । सुनको मुल्यमा आज बुधबार बृद्धी भएको छ । मंगलबार छापावाला सुनको मूल्य ८९ हजार ७ सयमा कोरोबार भएको थियो भने आज एक सयले बढेर ८९ हजार ८ सयमा कोरोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। भने चाँदी मुल्यमा बुधबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।








