नवलपुर । जन्मदिनको अवसरमा बुधमार नवलपुरको मध्यबिन्दु जिल्ला अस्पताल परिसरमा वृक्षरोपण गरिएको छ । फ्रान्सु खड्काको शुभ जन्मोउत्सवका अवसरमा अस्पताल परिसरमा आरुड नामक २० वटा जडिबुटी बिरुवा लगाईएको हो । जन्मदिनमा हुने फजुल खर्च कम गरी स्वच्छ एवम हरियाली बातावरण का लागि जडिबुटी एवम रुख बिरुवा आवशयक पर्ने जडिबुटीको बहुमूल्य हरियाली एवम स्वच्छ बातावरणका लागि रुख बिरुवा आवश्यक पर्ने हुदा सोही अनुरुप जन्मदिनको अवसर पारी वृक्षरोपण गरिएको हो । कार्यक्रममा कावासोती नगरपालिका नगर उपप्रमुख प्रेमशङकर मर्दनिया को प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमा बोल्दै मर्दनियाले जन्मदिनको अवसरमा गरिएको वृक्षरोपण कार्यक्रम सकरात्मक र प्रभावकारी रहेको बताउनुभयो । कार्यक्रममा नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोखे्रल,कावासोती वडा नं १६ का वडाअध्यक्ष एकादत्त वस्ती,अग्यौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सोभित शर्मा,नवलपुर ड्राईभिङ सेन्टरका प्रोपाईटर प्रविण सापकोटा,अस्पताल प्रशासन साथै कलाकार मुकेश रसाईली को सहभागिता रहेको थियो ।








