• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

पोखरा–काठमाडौं यात्रा दुई घण्टामा झार्छौं : अर्थमन्त्री शर्मा

  •   शनिबार, कार्तिक २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । अर्थमन्त्री जनार्दन शर्माले दुई सय किलोमिटर लामो पोखरादेखि काठमाडौंसम्मको सडक यात्रा दुई घण्टामा झार्ने दाबी गरेका छन् । पोखरामा उद्योगी व्यवसायीहरूसँग कुरा गर्दै उनले बाटोको यात्रा छोटो बनाए मात्रै आर्थिक विकासले तीव्रता पाउने बताएका हुन् ।

    ‘पोखरा–काठमाडौंको सडक यात्रा २ घण्टामा झार्नको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल अघि बढाएको छु । बाटो छोटिए त्यसले देशको अर्थतन्त्रमा सकारात्मक योगदान दिन्छ,’ उनले भने । शर्माले कोरोना भाइरसका कारण निजी क्षेत्र जटिल अवस्थामा पुगेको भन्दै पुनरुत्थानका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताए ।

    ‘पीडित व्यवसायीहरूको लागि घोषित पुनःकर्जा र अनुदान वितरणको प्रभावकारिता अनुगमन गरिरहेका छौं । कसरी बढी लाभ दिन सकिन्छ भन्नेमा सरकार संवेदनशील छ,’ उनले थपे, ‘साना व्यवसायीलाई अनुदान दिने प्रक्रिया समेत सुरु भैसकेको छ । उत्पादनमूलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य हो ।’

    उत्पादन गर्ने उद्योगहरूलाई राज्यले जुनसुकै सुविधा पनि दिन सक्ने उनको प्रतिबद्धता छ । ‘उद्योग खोल्न के सुविधा चाहिन्छ ? त्यो दिन सरकार तयार छ’, उनले भने, ‘भन्सार छुट चाहियो कि, विद्युत वा कर छुट के चाहिन्छ ? सरकारले त्यो तत्कालै व्यवस्था गर्छ ।’

    नेपालमा उत्पादित विद्युतको खपत देशभित्रै गर्ने गरी उद्योग सञ्चालनका लागि निजी क्षेत्रलाई उनले आग्रह गरेका छन् । अहिले पनि नेपालमा उत्पादन भएको ५ सय मेगावाट बिजुली प्रयोग विहीन भएको छ ।

    पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको अवरोध हटाउन र उडान रुटको टुंगो लगाउन आग्रह गरेका थिए । यस्तै, व्यवसाय पुनरुत्थानका कार्यक्रमहरूलाई तीव्रता दिन समेत उनको आग्रह छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.