चितवन । युवाहरुले नेतृत्व गरेको सामाजिक संस्था बेटर चितवनको वर्ष २०२१/२२ को लागि संयोजकमा समुन्द्र भट्टराई चयन भएका छन् । बेटर चितवनको वार्षिकोत्सवको अवसरमा धादिङको सिद्धलेकमा आयोजित दुईदिने बेटर युथ क्याम्पबाट सर्वसम्मत रुपमा भट्टराईलाई संयोजकमा चयन गरिएको हो । यस्तै संस्थाले ३० सदस्यीय नयाँ समीती पनि गठन गरेको छ ।
सामाजिक कार्यमा सक्रिय संस्था बेटर चितवन छैटौं वर्ष पूरा गरी सातौं वर्ष प्रवेश गरेको छ । ३० सदस्यीय समितिमा १३ सदस्यीय कार्यसमिति र १७ जना साधरण सदस्य रहेको संस्थाका संस्थापक अध्यक्ष सागर कार्कीले जानकारी दिए । संस्थाका निवर्तमान संयोजक विमोचन आर्चायले नवगठित समितिका संयोजक भट्टराईलाई पदभार हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै निवर्तमान संयोजक आर्चायले कोभिडको समयमा पनि स्वयंसेवकको रूपमा उल्लेखनिय सेवा पुर्याउन सकेको बताउँदै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै सदस्यहरूलाई धन्यवाद व्यक्त गरे । साथै नयाँ कार्यसमितिलाई पनि सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे । यस्तै नवगठित समितीका संयोजक भट्टराईले बेटर चितवनको अभियानलाई अझै सशक्त रुपमा अगाडि बढाउने बताउँदै नियमित कार्यक्रमलाई पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।








