चितवन । नारायणगढ बजारको बिग बजारमा रहेको ए वान जेन्स पार्लर युनिसेक्स सैलुनले आफ्नो ११ औँ वार्षिकोत्सवको अवसर पारेर निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ । गरिब तथा विपन्न वर्गका २० जनालाई युवालाई निःशुल्क रुपमा सैलुन सम्बन्धी तालिम दिन लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ए वन जेन्स पार्लर युनिसेक्स सैलुनका सञ्चालक अजय लामाले प्रति व्यक्ति ४० हजार रुपैयाँ बराबरको तालिम निःशुल्क दिन लागेको बताए । आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत गरिब समुदायका व्यक्तिलाई सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले तालिम दिन लागेको लामाको भनाइ छ । यो कोर्ष पुरा गर्न करिब ६ महिना लाग्ने र तालिम लिएका व्यक्तिले प्रति महिना कम्तिमा पनि ५० हजार रुपैयाँ आम्दानी गर्न सक्ने लामाको भनाइ छ । १० वर्ष अगाडि करिब पाँच लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको पार्लरमा हात २५ लाख रुपैयाँ लगानी भइसकेको सञ्चालक लामाले जानकारी दिए । सञ्चालनमा आएको दुई वर्ष पश्चात महिला र पुरुष दुवैको लागि सेवा दिन सुरु गरेको पार्लरले हाल पाँच जनालाई प्रत्यक्ष रुपमा रोजगार दिँदै आइरहेको छ । पार्लरले पुरुषहरुका लागि कपाल काट्ने, डेडलक बनाउने, कपालमा रङ लगाउने, हाइलाइट गर्ने, कपाल नहुनेका लागि वीग हाल्ने, कपाल स्टेट बनाउने, हेयर क्यारिटिनलगायतका सेवाहरु उपलब्ध गराउँदै आएको छ । लामाका अनुसार महिलाहरुको लागि कपाल सम्बन्धी सम्पूर्ण कामका साथै मेकअप सम्बन्धी सेवा तथा हेयर एक्टेन्सनलगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।








