नवलपुर । कावासोतीमा रहेको टरुवा ताल ब्यवस्थापनका लागि स्थानीयले माछा पालन गर्ने भएका छन । ऐतिहासिक एवम पर्यटकीय रुपमा प्रचुर सम्भावना रहेता पनि मर्मत सम्भारका लागि आवश्यक पहल नहुदा स्थानिय स्वयम माछा पालन गरी ताललाई मर्मत सम्भारका साथै पर्यटकीय क्षेत्र का रुपमा बिस्तार गर्ने गरी माछा पालन गरिने ऐतिहासिक टरुवा ताल समितीका अध्यक्ष राशिङ गुरुङले बताए । अहिले तालको सरसफाई भईरहेको गुरुङको भनाई छ । कुमारवर्ती टोल बिकास सुधार समिति र चापगोसाई टोल बिकास सुधार समिति गरी २ वटा टोल समितिको समन्वयमा उक्त माछा पालन सञ्चालनका लागि गठन गरिएको समितिले अहिले ताल सरसफाई कार्यक्रमलाई एकरुपता दिईएको चापगोसाई टोल बिकास सुधार समिति का अध्यक्षले जानकारी दिनुभयो । माछापालन केवल नाफामुलक नभएर यहाँ आउने पर्यटकलाई बिभिन्न जातका माछा अवलोकन गराउने उद्येश्यले माछापालन गर्न लागिएको चापगोसाई टोल बिकास सुधार समिति का अध्यक्षले जानकारी बताउनुभयो । त्यस्तै उहाँले ताल वरपर बिभिन्न जातका चराचुरुगीहरु आउने हुदा पर्यटन क्षेत्र बिस्तारका लागि थप टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।








