• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

एमाले इतिहासमा दोहोरिएर नेतृत्व सम्हाल्ने नेता को-को ? ओलीले रेकर्ड बनाउलान् ?

  •   बिहिबार, मङि्सर ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपालमा सबैभन्दा बढी महाधिवेशनबाट नेतृत्व चयन गर्ने कम्युनिष्ट पार्टी भनेर रेकर्ड बनाएको नेकपा (एमाले) ले हालसम्म नौ वटा महाधिवेशनबाट नेतृत्व चयन गरेको छ ।

    एमाले १०-१२ मंसिरमा १०औँ महाधिवेशनको तयारीमा जुटेको छ । चितवनमा हुने महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने योजना बनाएको एमालेमा हालसम्म दुई जना मात्रै दोहोर्‍याएर नेतृत्वमा पुगेका छन् ।

    चौथो र पाँचौ महाधिवेशनबाट मदन भण्डारी तथा छैठौँ र साताैँ महाधिवेशनबाट माधवकुमार नेपाल दुई/दुई पटक नेतृत्वमा पुगे पनि अन्य भने हालसम्म दोहोरिएका छैनन् ।

    एमालेले हालै सार्वजनिक गरेको महाधिवेशन केन्द्रित आधिकारिक बुलेटिन ‘नवयुग’मा उल्लेख भएअनुसार नेपाल कम्युनिष्ट पार्टीको नाममा पहिलो पटक १० वैशाख २००६ मा संस्थापकको हैसियतमा पुष्पलालले नेतृत्व गरेका थिए ।

    त्यसको चार वर्षपछि १०-२० माघ, २०१० मा ललितपुर र काठमाडौंमा महाधिवेशन भएको थियो । १० दिनसम्म चलेको सो महाधिवेशनबाट महामन्त्रीको रूपमा मनमोहन अधिकारी नेतृत्वमा पुगेका थिए ।

    दोस्रो महाधिवेशन १५-२५ जेठ, २०१४ मा आयोजना गरिएको थियो, जुन महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव बने । यो महाधिवेशन पनि १० दिन चलेको थियो ।

    तेस्रो महाधिवेशन भने ११ दिनसम्म सञ्चालन भएको थियो । स्थान उल्लेख नगरे पनि ४-१५ वैशाख, २०१९ मा भएको सो महाधिवेशनले तुल्सीलाल आमात्यलाई नेतृत्व सुम्पेको थियो ।

    त्यसपछि झन्डै २७ वर्षसम्म महाधिवेशन नगरेको एमालेले पञ्चायतकालको अन्तिम अवस्थातिर विष्णुपुरकट्टी, सिरहामा चौथो महाधिवेशन आयोजना गरेको थियो । भूमिगत रूपमा सात दिनसम्म चलेको उक्त महाधिवेशनबाट पहिलो पटक मदन भण्डारी नेतृत्वमा पुगेका थिए ।

    पञ्चायती व्यवस्था ढलेपछि एमालेले १४-२० माघ, २०४९ मा  दशरथ रंगशालामा खुला महाधिवेशन गरेको थियो, जुन पाँचौँ महाधिवेशन थियो । जहाँबाट भण्डारी दोहोरिएर नेतृत्वमा पुगेका थिए ।

    भण्डारीको देहान्तपछि १२-१८ माघ, २०५४ मा बाँकेको नेपालगञ्जमा  छैटौँ महाधिवेशन भयो । छैटौँ महाधिवेशनबाट माधवकुमार नेपालले नेतृत्व सम्हालेका थिए, भने उनै नेपाल सातौँ महाधिवेशनबाट पनि महासचिव पदमार्फत नेतृत्व तहमा दोहोरिएका थिए ।

    एकल नेतृत्वबाट सञ्चालन हुँदै आएको एमाले आठौँ महाधिवेशनमा पुग्दा भने बहुपद प्रणालीमा प्रवेश गरेको थियो । ५-१४ फागुन, २०६५ मा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट झलनाथ खनाल अध्यक्षको रूपमा नेतृत्व तहमा पुगेका थिए । उनले केपी शर्मा ओलीलाई पराजित गर्दै नेतृत्व सम्हालेका थिए ।

    १९ असारदेखि १ साउन, २०७१ मा काठमाडौँको भृकुटीमण्डपमा भएकोे नवौँ महाधिवेशनबाट ओली अध्यक्ष चुनिएका थिए । उनले दुई पटक पार्टीको नेतृत्व सम्हालेका प्रतिस्पर्धी नेपाललाई पराजित गरे ।

    एमालेको १०औँ महाधिवेशन झण्डै ८ वर्ष पछि चितवनको भरतपुरमा आयोजना हुँदैछ । सम्भवतः १०औँ महाधिवेशनबाट ओली नै एमालेको नेतृत्व सम्हाल्नेछन् । नवौँ महाधिवेशनबाट अध्यक्ष बनेका ओली दुई पटक नेतृत्वमा पुग्ने तेस्रो नेता बन्न सक्छन् ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.