चितवन । नेपाली कांग्रेसको १४ औं अधिवेसनमा चितवन क्षेत्र नम्बर १ को सभापतिमा किरण भूषण सिंह ओलीले उम्मेदवारी दिने घोषणा गरेका छन् । पूर्वी चितवनको खैरहनीमा आज विहीवार पत्रकार सम्मेलन गरि ओलीले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । नेतृत्व , संगठन र कार्यालय व्यवस्थापन गर्ने मुख्य एजेण्डासहित आफुले उम्मेदवारी दिन लागेको ओलीले बताए ।
पार्टीमा पद मात्रै लिने तर काम नगर्ने परिपाटीको अन्त्य गर्ने , पार्टीसहित विभिन्न भातृ संगठनलाई चलायमान बनाउने , पार्टी कार्यालय स्थापना गरेर अभिलेखिकरण गर्ने आफ्नो योजना रहेको उनले बताए । पद मात्र ओगट्ने तर पार्टीलाई मजवुद वनाउन,कार्यकर्ताको भावना नवुझ्ने,झन पार्टीलाई कमजोर पार्ने मात्र काम भईरहेको भन्दै आफुले पार्टी हितका काम गर्ने ओलीले प्रतिवद्धता जनाए ।
आफु सभापति पदमा विजयी भए आगामी स्थानिय तह, प्रदेश तथा संघिय निर्वाचनमा कुनै पनि पदमा उम्मेदवारी नदिने भन्दै निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन लागि पर्ने वताए । चितवन क्षेत्र नम्वर एकमा नगर अधिवेशनमा आफु निकटका उम्मेदवारले जित हासिल गरेकाले क्षेत्रीय सभापतिमा पनि आफ्नो जित सुनिश्चित रहेको उनले दावी गरे ।
नेपाली कांग्रेसको क्षेत्रिय अधिवेसन मंसिर ६ गतेलाई तोकिएको छ । क्षेत्रीय निर्वाचनमा करिव १ हजार मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।








