• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

‘त्याग र निष्पक्ष राजनीति गर्नेलाई मौका दिनुपर्छ’ : नेता पौडेल

  •   शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    यतिबेला चितवनलगायत देशैभर नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनले माहौल तातेको अवस्था छ । उमेदवारहरु चुनाव प्रचारप्रसारमा जोडतोडले लागिपरेका छन् । गाउँस्तरदेखि केन्द्रसम्म उमेदवारको दौडधूप पनि उत्तिकै देखिएको छ । काँग्रेसको १४औँ महाधिवेशनका उमेदवारहरुमध्ये एक हुनुहुन्छ महाधिवेशन प्रतिनिधि पदका उमेदवार टंकनाथ पौडेल ।

    पौडेल नेपाली काँग्रेसको १४औँ महाधिवेशनको महाधिवेशन प्रतिनिधि क्षेत्र नं २ चितवनका उमेदवार हुनुहुन्छ । शान्त र सरल स्वभावका पौडेल सामाजिक क्षेत्रमा चिरपरिचित नाम हो । पौडेलको चार दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा आवद्धता तथा राजनीतिक र धार्मिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनु भएको व्यक्तित्व हुनुहुन्छ । उहाँको उमेदवारी घोषणा भएलगत्तै सबै क्षेत्रतर्फ निकै चर्चा परिचर्चा हुन थालेको छ । चर्चा चुलिएसँगै उहाँको विजयी सुनिश्चित जस्तै देखिएको छ ।

    पौडेल पूर्वसांसद् एवम् समाजसेवी मैयादेवी श्रेष्ठका सुपुत्र हुनुहुन्छ । उनका माता श्रेष्ठले नेपाली कांग्रेसको लागि विभिन्न वडा, जिल्ला तथा केन्द्रमा करौडौँ मूल्यको जग्गादान गर्नु हुँदा उहाँले महत्वपूर्ण भूमिका खेल्नु भएको छ । सो जग्गा पासका लागि उहाँकै उपस्थिति र सहजीकरणबाट भएको हो । सबै क्षेत्रतर्फ निकै उत्कृष्ट छवि बनाउँदै आउनुभएका पौडेलसँग न्यूजप्रवाह डटकमका प्रधान सम्पादक बबिलाल तामाङले लिनुभएको छोटो भलाकुसारी ।
    १) कांग्रेस महाधिवेशनमा तपाईंको उमेदवारी किन ?
    – सांगठनिक सुदृढीकरण र पार्टीका साथीहरुबीच सुमधुर सम्बन्ध कायम गरी विधानअनुसार पार्टीलाई अगाडि बढाउनको लागि हो ।
    २) कांग्रेसभित्र देखिएको गुटबन्दी अन्त्य गर्न के गर्नुपर्ला ?
    – पार्टीमा गरेको योगदानको आधारमा मूल्याकंन गर्ने परिपाटी बसाउनु पर्ने, नेपाली कांग्रेसको विधानअनुसार पार्टी चल्नुपर्ने हुन्छ ।
    ३) युवा नेतृत्व चयन गर्नुपर्ने माग बढिरहेको छ, तपाईं यसमा के भन्नुहुन्छ ?
    – युवा भनेका वायु हुन् । युवा शब्दलाई उल्टाएर हेर्नुहोस्, वायु शब्द बन्दछ । मानिसको जीवनमा श्वासप्रश्वासमा वायुको आवश्यकता भएजस्तै युवाको आवश्यक हुन्छ ।
    ४) नेतृत्वमा पुग्न त्याग र योगदानभन्दा बढी पहुँच र प्रभाव चाहिने कुराप्रति तपाईंको धारणा के छ ?
    – पार्टीको नेतृत्वमा पुग्न योग्यता क्षमताको आधारमा पार्टीमा रहेर कार्य गरेको आधारमा मूल्यांकन हुनुपर्छ । नातावाद, कृपावाद हुनुहुँदैन ।
    ५) जुनसुकै चुनाव जित्न पनि पैसाकै खोलो बगाउनुपर्ने प्रवृत्ति छ । यस्तो स्थितिले त त्याग र निष्ठाको राजनीति गर्नेहरु ओझेलमा पर्छन् नि होइन र ?
    – अब मतदाताले पैसाको भरमा उठेकालाई मत दिँदैनन् । जो मानिस सेवामा छ, जनताको दुःख, सुखमा साथ दिन्छ, जसले जनताको आधारभूत आवश्यकतामा ध्यान दिन्छ । त्याग र निष्पक्ष राजनीति गर्नेलाई मौका दिनुपर्छ ।
    ६) चौधौँ महाधिवेशनमा कस्तो नेतृत्व आओस् भन्ने चाहनुहुन्छ ?
    – पार्टी नै सर्वोपरि ठान्ने, गुट उपगुट नहेर्ने, सामाजिक, राजनीतिक, विवेक भएको र सधैँ जनताको सुविधा र सेवाको लागि पर्ने व्यक्ति आउनुपर्छ ।
    ७) सहमति र सहकार्यको नीति कांग्रेसको चुनावमा लागू होला कि नहोला ?
    – नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा १४औँ महाधिवेशन सम्पन्न गर्न र सहमति र एकताका साथ गर्ने, निर्विरोध गर्ने निर्णयअनुसार प्रायः सबै वडामा निर्विरोध भएको छ, त्यसैले म सधैँ सहमति र सहकार्यलाई ध्यान दिएर अगाडि बढ्ने संकल्प लिएको छु ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.